Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसदीय समितिमा गृहमन्त्री जाने, कैलाली कारागार घटनाबारे जानकारी लिइने


    बुधबार, साउन २८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखक जाँदैछन् । जुन बैठकमा कैलाली कारागारमा साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू बारे गृहमन्त्रीसँग छलफल गरिनेछ । जुन बैठक बिहान १०ः०० बजेबाट सुरू हुनेछ

    उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरुका बारेमा छलफल हुनेछ । जुन बिहान ११ः०० बजे बोलाइएको छ ।

    र, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा पुरानै अजेन्डा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ । सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार