काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु काण्डैकाण्डमा परिरहेका छन् । कुलमान हटाउनेदेखि बिभिन्न काण्ड मच्चाएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आफ्नो सचिवालय पनि हालै पुनर्गठन गरेका छन् । उनको सचिवालयमा राखिएका एघार जनाको जम्बो टोलीले मन्त्रालयबाट सेवासुविधा, गाडीदेखि तेल र मर्मत खर्चका नाममा मासिक लाखौं लिंदैआएका छन् ।
सांसद हुनुअघिदेखि नै सहयोगीका रुपमा रहेका र मन्त्री भएपछि प्रमुख स्वकीय सचिवका रुपमा कार्यरत भूपाल बस्नेतलाई साउन १ गतेदेखि लागू हुनेगरी पदमुक्त गरिएको छ । बर्षौंदेखि खड्काका सहयोगीका रुपमा रहेका बस्नेत खड्काका जिल्लाबासीसमेत हुन् । पदभन्दा बढी जिम्मेवारीको भारी बोकाएपछि बस्नेत अलग हुने सुरसारमै थिए । अन्ततः मन्त्री आफैंले उनलाई पदमुक्त गरेका छन् ।
त्यसैगरी, मन्त्री खड्काकै जलबिद्युत कम्पनीमा काम गर्दैआएका र ऊर्जा मन्त्रालयको आर्थिक सल्लाहकारका रुपमा भर्ति गरिएका सेवक पोखरेललाई समेत उनले हटाएका छन् ।
पोखरेल मन्त्रालयमातहतका निकायका प्रमुख र कर्मचारीसँग मन्त्रीको निर्देशनमा सेटिङमा परिचालित थिए । लेनदेनको हिसाब नमिलेपछि पोखरेललाई मन्त्री खड्काले हटाएको स्रोतको दाबी छ । निकै तामझामका साथ ऊर्जा मन्त्रालयको विज्ञ सल्लाहकार बनाइएका प्रज्वल अधिकारी यसअघि नै मन्त्रीका अपारदर्शी क्रियाकलाप देख्न र हेर्न नसकेर राजीनामा दिएर बाहिरिसकेका छन् ।
यसैबीच, मन्त्री दीपक खड्काले एक बर्षको बीचमा जलस्रोत तथा सिंचाई बिभागमा ४ पटक महानिर्देशक परिवर्तन गरेका छन् । जलस्रोत तथा सिंचाई मन्त्रीका रुपमा खड्काले पदभार सम्हालेको एक बर्षमा ४ पटक महानिर्देशक परिवर्तन गरी रेकर्ड कायम गरेका हुन् ।
खड्का बहाल हुँदा बिभागको महानिर्देशकका रुपमा संजीव बराल कार्यरत थिए । उनलाई तीन महिना पनि नपुग्दै हटाएर सिक्टा सिंचाई आयोजनामा कार्यरत देवराज निरौलालाई महानिर्देशक बनाइएको थियो । निरौलालाई ३ महिना पनि काम गर्न नदिई खड्काले पुनः संजीवलाई महानिर्देशक बनाएका थिए । निरौलाले कबोल गरेको अंक नबुझाएपछि आफैंले आउनासाथ हटाएका बराललाई नै पुनः जिम्मेवारीमा ल्याएपछि ऊर्जा तथा सिंचाई मन्त्रालयका अधिकारीहरु नै अचम्भित भएका थिए ।
अक्षम भनेर हटाउने र सेटिङ मिलेपछि पुनः नियुक्ति गर्ने खड्का नीतिका कारण मन्त्रालय विगतमा महिन्द्र राय यादव मन्त्री हुँदाताकाका भन्दा पनि बदनाम भएको छ । एउटा मन्त्रीको एक बर्षे कार्यकालमा २ भन्दा बढी महानिर्देशक परिवर्तन यसअघि कहिल्यै भएको थिएन । तर खड्काले भने ४ पटक डीजी फेरबदल गरेका छन् ।
मन्त्री खड्काले शुक्रबार मात्र आफैंले दोस्रो पटक पुनः महानिर्देशक बनाएका संजीवलाई हटाएर मित्र बराललाई ल्याएका छन् । बराल बिभागमै कार्यरत थिए ।
मन्त्री भएको केही महिनामै विद्युत विकास बिभागका महानिर्देशकसमेत उनले अघिल्लो दिन परिवर्तन गरी भोलिपल्ट नै उक्त निर्णय बदर गरेका थिए । चलखेलकै आधारमा एक दिनमै सरुवा बदर गरेका मन्त्री खड्काले सिंचाई बिभागमा ३–३ महिनामा डीजी परिवर्तन गर्नु स्वभाविक भएको ऊर्जा मन्त्रालयका एक अधिकारी बताउँछन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend