Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्या भण्डारीलाई महाधिवेशन प्रतिनिधि बन्नबाटै रोक्दै एमाले


    शुक्रबार, साउन २ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)को पोलिटब्युरो बैठक बस्दैछ  ।

    च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा आज उक्त बैठक बस्नेछ । यसअघि बिहान  ११ बजे बस्ने भनिए पनि अब बैठक १ मात्रै बस्नेछ ।

    बिहीबारको बसेको सचिवालय बैठकले १५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटीको प्रस्ताव पारित गरिसकेको छ । हिजाको सचिवालय बैठकमा विधान संशोधन प्रस्ताव अनुसार ७० वर्षको उमेर हद र कार्यकारी पदमा २ कार्यकाल रहन पाउने व्यवस्था आगामी कार्यकालमा प्रभावित नहुने सहमति भइसकेको छ ।

    साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कामको जिम्मेवारी दिने वा नदिनेबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

    एमाले अध्यक्ष केपी शर्मा ओली भण्डारीलाई एमालेको महाधिवेशन प्रतिनिधि बन्नबाटै रोक्नेगरी बिधानमा ब्यवस्था गर्ने पक्षमा छन् । महासचिव शंकर पोखरेल लगायतका नेताहरुले यसअघि नै पूर्व राष्ट्रपतिलाई एमालेको राजनीतिमा आउन रोक लगाउनेगरी बिधान संशोधन गर्नुपर्ने पक्षमा छन् । भण्डारीले एमालेमा फर्किएर अध्यक्ष हुनेगरी क्रियाशीलता बढाएपछि एमालेभित्र तरंग पैदा भएको छ । र, उनलाई रोक्न बिधान नै संशोधन गर्नेगरी ओली अगाडि बढेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार