Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बीमा प्राधिकरणका अध्यक्ष ओझाबिरुद्ध छानबिन समिति गठन, स्वतः निलम्बित


    सोमबार, असार ३० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नियुक्ति भएको पाँच महिना नबित्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझाको कार्यसम्पादन र नियुक्तिसम्बन्धी विवादबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

    पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा गठन भएको कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेको समितिले ओझाको नियुक्ति सम्बन्धी विवादको छानबिन गर्नेछ ।
    बीमा ऐन २०७९ को व्यवस्था अनुसार ओझा निलम्बनमा परेका हुन् ।

    ओझाले नियुक्तिका क्रममा झुटा अनुभव विवरण प्रस्तुत गरेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेपछि सरकारले छानबिन समिति गठन गरेको बताइएको छ ।
    गिरीको समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार