जनकपुरधाम । विपक्षी दलका बहिष्कारबीच मधेश प्रदेश सरकारको बजेटपारित भएको छ । सदनमा विपक्षी दलको शून्य उपस्थितिमा सत्तादलका सांसदहरूले बजेट बहुमतले पारित गरेका हुन्।
फास्ट ट्र्याकबाट मधेश सरकारको आगामी आर्थिक वर्ष २०८२र८३को विनियोजन विधेयक पारित भएको हो ।
बजेटको सरकारले सांसदलाई उपलब्ध गराएको र अर्थ मन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ पाना फरक परेको छ ।
आर्थिक अपराध गरेको भन्दै विपक्षी दलहरूले सोमबार बिहान कार्यदल र बैठक समेत बहिष्कार गरी निस्केका थिए ।
विपक्षी दलले अर्थमन्त्रीको राजीनामा र त्यसपछि बन्ने अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकार हुने समेत बताएका थिए ।
त्यसपछि सत्ता दलका सांसदहरूको उपस्थितिमा चलेको सदनले संशोधन प्रस्तावको समय दिए पनि कसैले दर्ता गराएनन् ।
गत १ असारमा अर्थमन्त्री सुनिल यादवले अगामी आर्थिक वर्ष २०८२र८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
सदनमा बजेट बारेको छलफलमा कतिपय सत्ताघटक सांसदहरू नै त्रुटिपूर्ण रहेको गुनासो गरेका थिए ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend