Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तस्करी नियन्त्रण गर्न गएको सशस्त्र प्रहरीमाथि नै आक्रमण, चार घाइते, चार राउन्ड हवाई फायर


    शुक्रबार, असार २० २०८२
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । तस्करी नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरीको टोलीमाथि तस्करको समूहले आक्रमण गरेको छ ।

    धनुषाको विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा बिहीबार तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

    सशस्त्र प्रहरीका अनुसार गोबराही क्षेत्रमा मोटरसाइकलमा अवैध सामान लुकाइछिपाइ राखिएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले अवैध सामान खोजतलास गर्ने क्रममा एक मोटरसाइकल फेला पारेको थियो ।

    सामान खोजतलास गर्ने क्रममा १००–१५० जनाको संख्यामा लुकेर बसेका व्यक्तिहरूले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए । झडपमा क्रममा ६ जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका हुन् ।

    स्थिति नियन्त्रण गर्न सशस्त्र प्रहरीले १३ राउन्ड ग्यास सेल र ४ राउन्ड हवाई फायर गरेको थियो । घाइते भएकामध्ये ३ जना सशस्त्र प्रहरी कर्मचारीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने ३ जनाको अवस्था सामान्य छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार