Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • मेराविरुद्ध बोल्ने ठूला नेताहरूसँग व्यक्तिगत हिसाबले प्रतिवाद गर्छु: झाँक्री


    बिहिबार, असार १९ २०८२
    710
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफुलाई पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार भएको बताएकी छन् ।

    आफुमाथि उठेका बिषयमाथि सचिवालय बैठकमा नै प्रष्ट पार्न पाउ भन्दै बिहीबार पार्टी कार्यालयमा निवेदन दिन पुगेकी झाँक्रीले स्पष्टिकरणको बिषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका कुरा निराधार भएको बताएकी हुन् ।

    आफुले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भइ निर्देशन जारी भएपछि कहि पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको उनले बताएकी छन् । तर पार्टीका ठूला नेताहरुले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफुबिरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसावले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ ।

    उनले अध्यक्ष माधव नेपाललाई सम्बोधन गरेर लेखेको पत्रमा आफुले बोलेका बिषयमा भने बैठकमा आफ्ना कुरा राख्ने उल्लेख गरेकी छन् । स्थायी कमिटी बैठक तत्काल बस्ने अवस्था नरहेकाले जारी सचिवालय बैठकमा उपस्थीत भइ स्पष्ट पार्ने मौका प्रदान गर्न आग्रह गर्दै नेतृ झाँक्रीले अध्यक्षका नाममा पत्र दर्ता गराएकी हुन् ।

    झाँक्रीले असार १४ गते युवा संघ लुम्बिनी प्रदेशको भेलामा समय अगावै पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार