Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट


    सोमबार, असार १६ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आजबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

    सानेपा, बीपीनगरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ ।

    आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डासमेत तय गरिएको छ । हिजो पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको हो ।

    कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा छलफल हुनेछ । साथै, संघीय सरकार र प्रदेश सरकारमा रहेका मन्त्रीहरूका कामकारबाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको उनले जनाएका छन् ।

    उनका अनुसार क्रियाशील सदस्यता वितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तथा तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा यो केन्द्रीय समितिले निर्णय लिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार