Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस-एमालेबीच असमझदारी देखिनु सामान्य हो: देउवा


    शुक्रबार, असार १३ २०८२
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच असमझदारी देखिनु सामान्य भएको बताएका छन्।

    चितवनस्थित भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले एमाले र कांग्रेस दल नै फरक भएकाले विषय बस्तुमा असमझदारी हुनु सामान्य भएको बताएका हुन्।

    ‘कांग्रेस-एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी पनि देखिन्छ, यो स्वाभाविक हो। सामान्य हो नि।’ केही विषयमा असमझदारी भए पनि सरकार भने आपसी सहमतिअनुसार नै अघि बढेको देउवाको भनाइ छ।

    सरकारले गर्ने निर्णयहरूमा दल फरक भए पछि बुझाइ फरक हुनु सामान्य भएको उनको तर्क छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार