Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पतञ्जलि जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा उपस्थित


    बुधबार, असार ११ २०८२
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा उपस्थित भएका छन्।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल आफैँ अदालतमा हाजिर भएका हुन्।

    केही समय अघि आयोगले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगले नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै त्यहीअनुसार जरिवाना र कैद सजायको माग दाबी गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार