सञ्जय मिश्रा
बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको रूपमा एसपी गौतम मिश्रले कमाण्ड सम्हालेको मात्र ६ महिनाको अवधिमा ३२ करोड भन्दा बढीको अबैध सामान बरामद गर्नुका साथै चौतर्फी उपलब्धी देखिएको छ।
एसपी मिश्रले गत माघ १० गते पर्सा जिल्ला प्रहरीको कमाण्ड सम्हालेदेखि नै जिल्लामा प्रहरीको सक्रियता बढेको छ ।
एसपी मिश्रको कुशल नेतृत्व र जिल्लाका सम्पूर्ण प्रहरीको सक्रियताले मात्र ६ महिनाको अवधिमा ३२करोड भन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।
अबैध सामान बरामद ६ महिनाको अवधिमा जिल्लाको बिभिन्न नाकाबाट तस्करले अबैध रुपमा भित्र्याएको कुल ३२ करोड ८ लाख ५६ हजार ३४२रुपैयाँ बराबरको अबैध सामान बरामद गरी आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय बुझाएको एसपी मिश्रले बताएका छन् ।
एसपी मिश्रको निर्देशनमा प्रहरीले तस्करी नियन्त्रण अभियान सञ्चालन गरेसंगै सिमानाकामा तस्करीका सामान संगै सवारी साधन र तस्करहरु धमाधम पक्राउ परेका थिए ।
गाडी बरामद सोही अवधिमा बिभिन्न नाकाबाट भित्रिएको विलाबिजक लगायत कागजात पूरा नभएको सामान सहितको ३४वटा गाडी नियन्त्रणमा लिएर केही गाडी राजश्व अनुसन्धान कार्यालय पथलैया र केही वीरगन्ज भन्सार कार्यालयमा आवशयक कारवाहीको लागि बुझाइएको एसपी मिश्रले बताएका छन् ।
हुण्डी कारोबारतर्फ
त्यसैगरी ६ महिनाको अवधिमा प्रहरीले स्रोत नखुलेको २९लाख ९०हजार रुपैयाँ बरामद गर्नुका साथै हुण्डी कारोवारमा संलग्न ६जनालाई पक्राउ गरी कारबाहीकाे दायरामा ल्याइएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।
लागुऔषध बरामद
जिल्लाको बिभिन्न स्थानबाट लागु औषध गाँजा ५क्विन्टल,१६ किलो ७५० ग्राम, चरेश ३१ केजी ५०० ग्राम, ब्राउन सुगर २२४ ग्राम ४६ मिलिग्राम, अफिम १ केजी ७२ ग्राम, नशालु इन्जेक्सन डाइजेपाम २ एम्पुल, नुर्फिन २ एम्पुल, नाट्रभेट २४ ट्याब्लेट र कोडीवेल सिरप ५० फाईल, नाइट्राजेपाम ८८६ ट्याब्लेट बरामद गरिएको छ।
कारोवारी पक्राउ
लागुऔषध ओसार पसारमा संलग्न ५६ जना मानिसलाई पक्राउ गरि कारवाहीको दायरामा ल्याइएको छ।
गाँजा अफिम खेती फडानी
६ महिनाको अवधिमा पर्साको ग्रामीण भेगमा २५ कठ्ठा जग्गामा लगाएको लागूऔषध गाँजा फडानी गरी २ लाख३२ हजार ६ सय बोट नष्ट गरेको छ ।
यसैगरी १ कठ्ठामा लगाएको अफिमको बोट ५ हजार नष्ट गरेको प्रहरीले जनाएको हो।
प्रतिवादी पक्राउ
पर्सा प्रहरीले फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति गरेको छ । प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै कुल १०२७ प्रतिवादी पक्राउ गरेको छ ।
पक्राउ परेका प्रतिवादीहरुबाट ४१ वर्ष १० महिना १० दिनको कैद सजाय असुल गरिएको छ। साथै, जरिवाना बापत १ करोड २२ लाख ७५ हजार २२८ रुपैयाँ असुली गर्ने सफल भएका छन् ।
घटनाको अब्बल अनुसन्धान
२०८१ फागुन ७ गते काम गर्न जान्छु भनेर घरबाट निस्किएका वीरगन्ज वडा नम्बर २७ उदयपुर घुर्मीका १९ वर्षीय इशालप्रसाद कुर्मीको शव फागुन ११ गते भेडैया खोलामा फेला परेको थियो ।
मृतकका बुवा जोगेन्द्र प्रसाद कुर्मीले प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा शव प्राप्त गरेको थियो ।
अनुसन्धानको क्रममा गत फागुन ७ गते करिब साढे ११ बजे छिमेकी साथीहरुसँग तास खेल्ने क्रममा पैसाको विवाद भएपछि स्थानीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारीसमेतको मिलेमतोमा इशालको हत्या गरी खोलामा फालेको घटना खुलेको थियो । उनीहरुलाई पक्राउ गरी ज्यान सम्बन्धि कसूरमा मुद्दा चलाई पुर्पक्षको लागि कारागार पठाइएको छ ।
अबैध काठ बरामद
साथबाट बरामद भएको ७९०क्युफिट काठसहित नियन्त्रणमा लिइएका बस, चालक, ट्रयाक्टर, साइकलसमेत वन डिभिजन कार्यालयमा बुझाइएको छ ।
मानव बेचबिखनविरुद्ध प्रहरीले मानव बेचबिखनमा ११ वटा मुद्दा दर्ता गरि १७ जनालाई कानुनी कार्यबाही गरि पुर्पक्षका लागि अदालतबाट कारागार कार्यालय वीरगन्जमा पठाएको छ।
यसैगरी २९ जना महिला तथा बालबालिकालाई उद्धार गरी सकुशल ल्याएको पर्सा प्रहरीले सार्वजनिक गरेको छ। चोरीको सवारीसाधन बरामद चोरी भएका तथा हराएको विभिन्न किसिमको १८२ वटा मोबाइल फेला पारी सम्बन्धित धनिलाई बुझाएको हो।
एसपी मिश्रले कार्यभार सम्हालेको दिनदेखि नै जिल्लामा तस्करी नियन्तरण, लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ नागरिकको सुरक्षालाई अभियानको रुपमा सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend