पर्सा । पर्सा जिल्ला प्रहरी कार्यालयले वीरगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको सूचना संकलन टोलीले बिआर०५एबी ७७६१ र प्रदेश २-०३-००२ प ५५४४ नम्बरका मोटरसाइकलबाट बिहीबार बेलुका हुण्डी कारोबारको आशंकामा दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२ का ३९ वर्षीय सञ्जयकुमार साह र बारा गढिमाई नगरपालिका-४ का ४१ वर्षीय शनिकुमार ठाकुर रहेका छन्।
मोटरसाइकल रोकेर चेकजाँच गर्ने सिलसिलामा दुबै जनालाई मोटरसाइकलमा लुकाई राखिएको रकमसहित वीरगन्ज महानरपालिका-२ घुसुकपुर इदगाह चोकबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।
उनीहरूको साथबाट १४ लाख १३ हजार ५०० रुपैयाँ बरामद भएको मिश्रले बताए। दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। हुण्डी कारोबारले प्रचलित बैंक तथा वित्तीय संस्थाको कानुनी रित नपुर्याउने हुँदा यसलाई गैरकानुनी मानेर प्रहरीले कारबाही गर्ने गरेको छ।
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्...
काठमाडौं । सिरहामा गोली चलेको छ । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend