ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउन पहल गर्ने बताएका छन् ।
युवालय संस्थाको आयोजनामा आज ललितपुरमा आयोजित ‘घरेलु श्रम र अनौपचारिक स्याहार कार्य’ विषयक राष्ट्रिय नीति संवादलाई सम्बोधन गदै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले प्रतिपक्षी दलको हैसियतले श्रमिकको मुद्दालाई संसद् उठाउने नैतिक जिम्मेवारी बहन गर्ने बताए ।
“संविधानको मर्म र भावनाअनुसार कानुन बनाउने काम समयमै नहुँदा श्रमिकको मुद्दा सही ढंगले अगाडि बढेको छैन, श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउन पहल गर्नेछौँ”, उनले भने ।
दाहालले श्रमिकको जीवनमा सकारात्मक परिवर्तनको अनुभूति गराउन नसकेसम्म परिवर्तनको औचित्य र दिगोपना कायम गराउन नसकिने धारणा राखे । “श्रमिककै कारणले म तीन पटकसम्म प्रधानमन्त्री हुन सफल भएँ, यो मुद्दालाई जोड दिएर राष्ट्रिय रूपमा पहल गर्न प्रयत्न गर्नुभएकामा धन्यवाद भन्न चाहन्छु, घरेलु श्रमिकलाई पनि वैधानिक व्यवस्थामार्फत कानुन निर्माण गरेर सम्मानित जीवन बिताउने वातावरण तयार गर्न निरन्तर लाग्ने प्रतिबद्धता जनाउन चाहन्छु,” उनले भने ।
सांसद् रमा कोइरालाले आफूले ट्रेड युनियनबाट प्रतिनिधित्व गर्दै श्रमिकको हितमा निरन्तर आवाज उठाइरहेको बताए । उनले देशमा प्रशस्तै रोजगारी सृजना गर्न सकिन्छ उल्लेख गर्दै सरकारले नेपालमा भएको श्रम बजार र रोजगारीलाई चिन्न नसकेको बताए ।
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले घरेलु श्रमिकका हितमा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
सन् २०१३ मा स्थापित युवाको नेतृत्वमा सञ्चालित संस्था युवालयले युवाको क्षमता अभिवृद्धि, अधिकार संरक्षण, तथा सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील रही उल्लेखनीय योगदान दिँदै आएको छ । पछिल्लो समय आफूहरूले घरेलु तथा हेरचाहसम्बन्धी श्रमलाई सामाजिक मान्यता दिने र यसलाई सम्मानजनक र मर्यादित पेसाका रूपमा विकास गर्न स्थानीय तह, प्रदेश र संघीयस्तरमा वकालत तथा अभियानमार्फत पैरवी गरिरहेको संस्थाका अध्यक्ष धर्मराज रिमालले जानकारी गराए।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend