Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टिपरले ठक्करबाट दुई जनाको मृत्यु


    सोमबार, माघ १२ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार आज बिहान ९ बजे सम्सीबाट गौशालातिर जाँदै गरेको ना ८ ख ९८० नं को टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रमोद र पछाडि सवार गुडडुको घटनास्थलमै मृत्यु भएको हो ।

    घटनापश्चात् स्थानीयवासीले शव सडकमा राखेर गौशाला– सम्सी सडकखण्ड जाम गरेका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार