Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • देशकै पहिलो ओभरपास सञ्चालनमा


    शुक्रबार, असार ६ २०८२
    995
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • ललितपुर। ललितपुरको ग्वार्को चोकमा निर्माण भएको काठमाडौं उपत्यकाको पहिलो ‘ओभरपास’को उद्घाटन गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओल‌ीको उपस्थितिमा आज (शुक्रबार)ट्राफिक प्रहरीका एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरेका हुन् । ग्वार्कोमा हालै निर्माण भएको ओभरपास रोड आज उदघाटन पश्चात सवारी आवागमनका लागि खुला गरिने छ ।

    १२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ । तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड लागत थप भएको थियो ।

    चक्रपथको सवारी चाप व्यवस्थापन गर्न निर्मित यो ओभरपास चक्रपथ विस्तार आयोजनाअन्तर्गत कोटेश्वर–कलङ्की खण्डको ट्राफिक जाम हुने तीन प्रमुख क्षेत्रमध्ये एक हो ।

    यो ओभरपास ६ मिटर उचाइ र ४५५ मिटर लम्बाइको छ, जसमा ६ मिटर ग्राउन्ड क्लियरेन्स र सवारी आवागमनका लागि दायाँतर्फ १८० मिटर र बायाँतर्फ ११० मिटरको र्‍याम्प निर्माण गरिएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार