Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन आयोगद्वारा नेकपाको बिभाजन अस्वीकार


    आइतबार, माघ ११ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुटेको र पहिलेकै अवस्थामा रहेको निर्वाचन आयोगले  जनाएको छ ।आज (आइतबार) साँझ आयोगको कार्यालयमा बसेको बोर्ड बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो ।

    आयोगको यो निर्णयसँगै ओली र प्रचण्ड अध्यक्ष रहेको पार्टी नै यथावत् रहने भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन गर्न नमिल्ने देखिएको छ।
    ‘उहाँहरुले अहिले दावी गर्दै पेश गरेको विवरण संशोधन गर्न कानुनसम्मत देखिएन,’ उनले भने, ‘त्यसकारण आयोगले साविककै विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै रहेको विवरणका विषयमा जानकारी गराउने निर्णय भएको छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार