Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मेक्सिको–अमेरिकी सीमा नजिक १९ व्यक्ति मृत भेटिए


    आइतबार, माघ ११ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । अमेरिकाको सिमाना नजिक मेक्सिकोमा कम्तिमा १९ व्यक्ति मृत भेटिएका छन् । उक्त क्षेत्र लागु औषध ओसारपसारका लागि प्रयोग हुनेगरेको क्षेत्र भएको र त्यहाँ प्रायः झगडा हुनेगरेको तामाउलिपास राज्यका अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।

    प्रहरीले शनिबार कार्मागो शहर नजिकैको मेक्सिकोकोे सडकमा मानव अवशेष भएको दुई वटा गाडीहरू भेट्टाएको पुष्टि गरेको छ ।

    पीडितलाई गोली लागेको थियो र त्यसपछि उनीहरूको शरीरलाई जलाएर राखेको हुनसक्ने प्रारम्भिक अनुसन्धानपछि प्रहरीले बताएको छ । घटनास्थलमा कुनै गोलीका छर्रा नभेटिएको बताउँदै प्रहरीले पीडितहरू अर्कै ठाउँमा मारिएका हुनसक्ने बताएको छ । 

    अभियोजनकर्ताहरूको कार्यालयले लासको परीक्षण चलिरहेको छ तर मृत शरीरकोे अवस्थाका कारण व्यक्तिको पहिचान जटिल हुनेछ,” अभियोजनकर्ताहरूको कार्यालयले जनाएको छ ।

    करमागो करीव १५ हजार व्यक्तिको बसोबास रहेको अमेरिकाको टेक्सास राज्यको सिमानामा पर्ने मेक्सिकोको न्युभो लियोन राज्यको नजिक रहेको एउटा बजार क्षेत्र हो । न्यूभो लिओनका अधिकारीहरूले आफूहरूले अनुसन्धानका लागि तामाउलिपास अभियोजनकर्तालाई सहयोग गरिरहेको बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार