Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपालाई नैतिकता सिकाउनुपर्छ, राजावादीको सम्पत्ति छानबिन गर्नुपर्छ: जितजंग बस्नेत


    बिहिबार, असार ५ २०८२
    905
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

    रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली काँग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेका बेला काँग्रेस नेता बस्नेतले उल्टै रास्वपालाई नै नैतिकताको पाठ पढाउनुपर्ने बताएका हुन् ।

    राष्ट्रिय सभाको आज बिहीबारको बैठकमा बस्नेतले भने, ‘तपाईँहरूको पार्टी सभापतिलाई मुद्दा लगाएको छ । पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति संसदीय दलकै नेता बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने रु अनि हामी नेपाली काँग्रेसलाई चाहिँ नैतिकता सिकाउने । यो कस्तो नैतिकताको कुरा हो रु’

    बस्नेतले राजावादीहरूलाई पनि निशाना साँधे । उनले राजावादीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे । ‘३० वर्षे शासन, ४० वर्षे शासन गरेर आएका व्यक्तिहरू आज हेरौंन उनीहरूका महलहरू । पञ्चका महलहरू हेरौंन । आज सम्पत्ति उनीहरूको जाँच्नुपर्ने हो,’ बस्नेतले भने ।

    उनले नेपालमा राजा फर्किन नसक्ने समेत बताए । राजालाई विष्णुको अवतार मान्ने राजावादीहरूलाई पनि उनले व्यंग्य गरे । उनले भने, ‘विष्णुको अवतार राजा भएको भए मूर्ति चोरिने थिएन होला, गजुरहरू चोरिने थिएन होला, कोकिनको ट्रान्जिट व्यापार हुने थिएन होला, ड्रग्सको व्यापार हुने थिएन होला ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार