Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • नेकपा एसका सांसद थापाले सदनमै च्याते बजेट पुस्तिका


    बिहिबार, असार ५ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सदनमै बजेट पुस्तिका च्यातेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप लगाउँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।

    ‘भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन,’ उनले भने, ‘बजेट किताबले जनताबाट उठेको राजस्वले जनताप्रतिको उत्तरदायीत्व पूरा नगरेकोले मलाई मन परेन । च्यात्ने अनुमति लिएर च्यातेँ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार