Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेप्सेमा उछाल, बजार पूँजीकरण ३२ खर्ब ६६ अर्ब


    आइतबार, माघ ११ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि हुँदा बजार पूँजीकरणसमेत नयाँ उचाइमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५०.२० अङ्कको वृद्धि भई दुई हजार ४२४.८४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४७ ले वृद्धि भई ४५२.०६ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर रु नौ अर्ब ३७ करोड ६० लाख ५३ हजार २२० मा कारोबार भयो ।

    आजको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब ६६ अर्ब २३ करोड १७ लाख ५० हजार पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । नेप्से र बजार पूँजीकरण हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर ओरालो लाग्यो । सो उपसमूहको शेयर ७३.३५ ले ओरालो लाग्दा बैंकिङ २१.३६, होटल २४.५१, विकास बैंक २०.८१, जलविद्युत् ५१.१३, वित्त १४.१५, निर्जीवन बीमा २२१.६१, उत्पादन ५१.५६, अन्य १०४.७५, लघुवित्त १०२.५३, जीवन बीमा १६५.६८ र सामूूहिक लगानी कोष ०.०५ बिन्दुले उकालो लागेको छ ।

    कारोबारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६६ करोड ८२ लाख ७३ हजार १९५ बराबरको कारोबार भयो । यस्तै, नेपाल पुनरबीमा कम्पनी र ३४ करोड ७९ लाख ५१ हजार ४९२, नेपाल दूरसञ्चार कम्पनी रु ३१ करोड ८९ लाख ४१ हजार ७२०, नेशनल लाइफ इन्स्योरेन्स रु २४ करोड २८ लाख १७ हजार २१९, प्राइम बैंक रु २३ करोड पाँच लाख ९७ हजार १३६, नेको इन्स्योरेन्स रु २२ करोड १४ लाख ९४ हजार ८५१, एनआइसि एशिया बैंक रु २० करोड ८२ लाख छ हजार ३२३ र प्रभु बैंक रु २० करोड ६८ लाख २० हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन् ।

    कारोबार भएका कूल कम्पनी मध्ये ११९ कम्पनीको शेयर उकालो लागेको छ भने ४६ कम्पनीका शेयर मूल्य ओरालो लागेको छ । यस्तै, १० कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । नेप्सेका अनुसार गरिमा विकास लघुवित्त १०, मिथिला लघुवित्त १०, पोखरा फाइनान्स १०, गुराँस लाइफ इन्स्योरेन्स १०, गुराँस लघुवित्त ९.९९, नागरिक लगानी कोष ९.९८, एनसिसी बैंक ९.९७, सर्पोट माइक्रोफाइनान्स ९.९५, रिडी हाइड्रोपावर ९.९४ र प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए ।

    नारायणी डेभलपमेन्ट बैंक ९.९१, एनआइबिएल प्रगति फण्ड ४.९९, सामुदायिक लघुवित्त ३.७९, सप्तकोशी डेभलपमेन्ट बैंक ३.६५, प्रिमियर इन्स्योरेन्स ३.४२, जानकी फाइनान्स ३.०१, एनआइसि एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले २.९९ प्रतिशतले गुमाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार