मलंगवा । सर्लाहीमा प्रहरी प्रशासनले निर्दोष नागरिकहरूमाथि झूटा मुद्दा लगाएको आरोपमा प्रमुख पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा सशक्त आन्दोलनको घोषणा गरेका छन् । नेपाली कांग्रेसका केही नेताको इसारामा प्रहरीले गैरकानुनी ज्यादती गरेको भन्दै दलहरूले आपत्ति जनाएका हुन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्र्टी(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (जसपा नेपाल) र नेपाल जनमोर्चालगायतका दलहरूद्वारा मलंगवामा आयोजित संयुक्त अन्तरक्रिया कार्यक्रममा दलका शीर्षनेतासहित स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो ।
वक्ताहरूले सर्लाही प्रहरी प्रशासन राजनीतिक स्वार्थमा संलग्न भएको, जनताको अधिकारमाथि खेलवाड गरेको र प्रहरी संगठनभित्रै सुधारको आवश्यकता रहेको औंल्याए । एमालेका एक स्थानीय नेताले भने–प्रहरी कांग्रेस नेताको आदेशमा चल्ने होइन, जनताको सेवामा समर्पित हुनुपर्छ । निर्दोषमाथिको मुद्दा खारेज नभए आन्दोलन चर्किनेछ ।’
कार्यक्रममा सहभागी सबै दलहरूले प्रहरीको कार्यशैलीको भत्र्सना गर्दै लोकतान्त्रिक मूल्य, विधि र न्यायको रक्षाका लागि संयुक्त संघर्ष गर्ने निर्णय गरेका छन् । उनीहरूले निष्पक्ष छानबिनको माग गर्दै चेतावनी दिए–यदि आवाज नसुनियो भने सशक्त चरणबद्ध आन्दोलन अपरिहार्य हुनेछ ।
यसअघि पनि पाँच दलले संयुक्त विज्ञप्ति जारी गर्दै सर्लाहीमा प्रहरीले गैरकानुनी रूपमा ज्यादती गरेको आरोप लगाएका थिए । विज्ञप्तिमा माओवादी केन्द्र, एमाले, जसपा, जसपा नेपाल र नेपाल समाजवादी पार्टीका जिल्ला तथा प्रदेश नेताहरूको हस्ताक्षर थियो ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend