Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • पूर्वमन्त्री शास्त्रीको निधनमा कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने


    बुधबार, असार ४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले बुधबारदेखि असार ६ गतेसम्म तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

    बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पूर्व केन्द्रीय सदस्य समेत रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख व्यक्त गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

    पूर्वमन्त्री एवं समाजवादी चिन्तक समेत रहेका शास्त्रीको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

    काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा शास्त्रीको ८९ वर्षको उमेरमा असार २ गते भएको निधन भएको थियो । विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका शास्त्रीले प्रजातन्त्र पुनर्स्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार