Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १८ जना एसएसपीको सरुवा र पदस्थापन


    आइतबार, माघ ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत सता एसपीबाट एसएसपीमा बढुवा भएका ११ जना प्रहरी अधिकारीहरुको पदस्थापन र ७ जना एसएसपीको सरुवा गरेको छ ।

    एसएसपीहरु क्रमश कृष्णकुमार महतको प्रहरी हेडक्वार्टर सुपरिवेक्षण तथा अनुगमन शाखा, गोविन्दकुमार शाहको १ नम्बर प्रदेश कार्यालय, उमाशंकर पञ्जियारका प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अर्जुनचन्द ठकुरीका कर्णाली प्रदेश प्रहरी कार्यालय, जनकराज पाण्डेयको सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरूवा भएको छ ।

    त्यसैगरी, सुरेन्द्रप्रसाद मैनालीको लुम्बिनी प्रदेश कार्यालय, कृष्णहरी शर्मा पोखरेलको अन्वेशण तथा विकास निर्देशनालय, चक्रबहादुर सिंहको महानगरिय प्रहरी कार्यालय, रानिपोखरी, डिल्लीराज पन्तको सुरक्षा परिषद्, मधुसुदन लुईटेल–१ नम्बर प्रदेश कार्यालय (सुरक्षा महाशाखा) र मोहनप्रसाद पोखगरेलको गण्डकी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएको छ ।

    त्यसैगरी ७ जना एसएसपीहरुमध्ये विष्णुुकुमार केसीलाई जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरको प्रमुख बनाइएको छ भने बुद्धिराज गुरुङको एकेडेमी, मोहन कुमार आचार्यको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वयन निर्देशनालय, हरिराज वाग्लेको बागमती प्रदेश प्रहरी कार्यालय, प्रदिपकुमार श्रेष्ठको अन्तर्राष्ट्रि प्रहरी समन्वय महाशाखा, हेडक्वार्टर, दुर्गा सिंहको मानव बेचविखन ब्यूरो र रविन्द्र केसीको अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सरुवा भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार