Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार आरोपमा प्रहरी जवानसहित दुईजना पक्राउ


    आइतबार, माघ ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीमा बलात्कार आरोपित प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्।

    कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका हुन्।

    गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो। अर्को एक जनाको नग्न फोटो खिचेका थिए।

    उक्त घट्नामा चारजना विरुद्ध जाहेरी परेको र त्यस मध्ये दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविण पोखरेलले बताए।

    उनका अनुसार पक्राउ परेका कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार