Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • श्रीमती हत्याकाे अभियोगमा पक्राउ


    आइतबार, माघ ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

    ३५ वर्षीया श्रीमती दिलमाया राईलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-२ सिरुझार बस्ने ५० वर्षीय डिक बहादुर राईलाई शुक्रवार दिउँसो पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। 

    घरायसी विवादको क्रममा राईले दिलमायालाई बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घाइतेको मंगलबारे अस्पताल हुँदै न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार