Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बलात्कार आरोपमा मन्थलीका वडाध्यक्ष पक्राउ


    आइतबार, माघ ११ २०७७
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो ।

    बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले बताए । रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर ल्याइएको छ ।

    बोहोरासँग पूर्वपरिचित महिलाले १० दिनअघि ठिमी स्थित डेरामा आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी छिन् । मदिरा सेवन गरेर बलात्कारको उजुरी परेपछि प्रहरी पीडितको डेरामा पुगेको थियो ।

    रक्सीले मातेर उनले बलात्कार गरेको पीडितको दावी छ । अदालतबाट म्याद लिएर बोहरामाथि अनुसन्धान गरिने डिएसपी कँडेलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार