काठमाडौं । एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
उक्त विमानमा २४२ जना सवार थिए, जसमध्ये २३० यात्रु र १२ चालक दलका सदस्य थिए। यस दुर्घटनामा एकजना मात्र बाँच्न सफल भएका छन्। यो दुखद घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ ।
टाटा समूहले एयर इन्डियाको विमान दुर्घटनामा दुःख व्यक्त गर्दै पीडितका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ। टाटा समूहका अध्यक्ष एन. चन्द्र शेखरनले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै लेखे कि एयर इन्डिया उडान १७१ सँग सम्बन्धित घटनाबाट गहिरो दुः खी छ। यस क्षणमा हामीले जतिसुकै दुःख महसुस गरिरहेका छौं, त्यो व्यक्त गर्न सकिँदैन। आफ्ना प्रियजनहरू गुमाएका पीडित परिवारहरूप्रति प्रार्थना र समवेदना।
यससँगै टाटा समूहले प्रत्येक पीडित परिवारलाई १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । टाटा समूहले आवश्यक हेरचाह र सहयोग सुनिश्चित गर्ने र चिकित्सा खर्च पनि बेहोर्ने बताएको छ। साथै, मेडिकल होस्टल निर्माणमा सहयोग उपलब्ध गराइनेछ। टाटाले यस समयमा आफू पीडित परिवार र सम्पूर्ण समुदायको साथमा रहेको बताएको छ ।
अर्कोतर्फ, यो घटनापछि अहमदाबाद एयरपोर्टका सबै उडानहरू रोकिन पुगेका छन्। यस्तो अवस्थामा पश्चिम रेलवेले ठूलो कदम चाल्दै अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न थप ट्रेनहरू चलाउने घोषणा गरेको छ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend