काठमाडौं । टाटा समूहका पूर्व अध्यक्ष रतन टाटाको बुधबार राति करिब ११ः३० बजे निधन भएको छ ।
अहिलेसम्म टाटा समूहको सर्वोच्च पदमा टाटा परिवारका सदस्य रहदैँ आएका थिए तर यस्तो अवस्थामा धेरैको मनमा प्रश्न छ कि रतन टाटाको विदाई पछि उनको विरासत कसले सम्हाल्छ ? अहिले समूहको कमान्ड एन चन्द्रशेखरनसँग छ, उनी टाटा परिवारका होइनन्।
१८६८ मा यसको स्थापना पछि १९०४ सम्म यस समूहको संस्थापक जमसेटजी एन टाटाले सुरुको नेतृत्व गरेका थिए । उनी पछि समूहको जिम्मेवारी सर दोराबजी टाटा, जेआरडी टाटा र २०१२ मा रतन टाटाले गरेका थिए । हाल, रतन टाटाका सौतेनी भाइ नोएल नवल टाटाका छोराछोरी लेह, माया र नेभिल अन्य पेशेवरहरू जस्तै कम्पनीमा काम गरिरहेका छन्।
जेठी छोरी लेह टाटाले स्पेनको म्याड्रिडको आईई बिजनेस स्कूलबाट मार्केटिङमा स्नातकोत्तर गरेकी छिन्। २००६ मा, उनी ताज होटल रिसोर्ट्स र प्यालेसमा सहायक बिक्री प्रबन्धकको रूपमा सामेल भएकी थिईन । हाल उनी द इन्डियन होटल्स कम्पनी लिमिटेडको उपाध्यक्षको रूपमा कार्यरत छिन्।
कान्छी छोरी माया टाटा समूहको प्रमुख वित्तीय सेवा कम्पनी टाटा क्यापिटलमा विश्लेषकको रूपमा सामेल भइन् । जबकि उनका भाइ नेभिल टाटाले ट्रेन्टमा आफ्नो व्यावसायिक यात्रा सुरु गरे।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend