दोलखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी अब भावुक स्मृतिमा नभइ उत्तरदायी नेतृत्वमा विश्वासिलो भविष्यको नाम हुनुपर्ने बताएका छन् ।
दोलखाको चरिकोटमा निर्माण हुने बीपी स्मृति भवनको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै नेता शिवाकोटीले कांग्रेसलाई सशक्त र नयाँ ढंगले लैजानुपर्नेमा जोड दिएका हुन् ।
उनले संगठनमा शक्ति र सेवामा संस्कार हुनुपर्ने भन्दै सबैलाई सम्बोधन गरेर अगाडि बढ्नुको विकल्प कांग्रेससँग नभएको बताए । उनले भने, ‘हामी जुन कांग्रेस बनाउने सपना देख्दैछौं त्यो यस्तो हुनुपर्छ, जहाँ जेन्जी पुस्ता आशावादी हुन्छ, जहाँ पुराना पुस्ता गौरबान्वित हुन्छन्, जहाँ कार्यकर्ता सक्रिय महसुस गर्छ र जनता सन्तुष्ट महसुस गर्छ ।’
गृहजिल्लामा बन्न लागेको उक्त पार्टी कार्यालयको भवनको सन्दर्भलाई जोडेर नेता शिवाकोटीले विभिन्न नौ बुँदामा आफ्नो भनाइलाई समेटेका छन् ।
उनले दोलखा कांग्रेस भरोसा र इतिहासको आधारशिला रहेको उल्लेख गर्दै भने, ‘आज हामीले नयाँ पार्टी कार्यालयको शिलान्यास गरेका छौँ । शिलान्यासपछि बन्ने यो पार्टी कार्यालय केवल ईँटा र सिमेन्टको संरचना होइन, यो दोलखाले बोकेको बलिदान, संगठन र संकल्पको थालनी हो ।’
दोलखा कुनै पनि युगमा मौन बस्ने जिल्ला नभएको दाबी गर्दै शिवाकोटीले जब अन्याय हाबी हुन्थ्यो तब दोलखाले विद्रोह गरेको बताए । उनले भने, ‘२००७ सालको सशस्त्र क्रान्तिमा दोलखा अग्रपंक्तिमा थियो । सशस्त्र क्रान्तिका क्रममा २००७ सालमा लडाइँ भएको गुम्फुङ र मेलुङ अझै साक्षी छन् ।’
उनले आजको शिलान्यास संगठनको पुनरुत्थान, विचारको पुनस्र्थापना र नेतृत्वको पुनर्निर्माणको शंखघोष भएकोसमेत बताए ।
उनले कांग्रेसलाई जीवन्त राख्न परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै अब जेन जी पुस्तालाई सम्बोधन गर्न ढिला गर्न नहुने बताए । उनले भने, ‘हिजोका पुस्ता कांग्रेसप्रति भावनात्मक निष्ठा राख्थे । आजका जेन्जी पुस्ता नतिजा र अवसरको खोजीमा छन् । हामीले अब पुराना पुस्ताको भरोसा पुनःस्थापित गर्नुपर्छ र नयाँ पुस्ताको आकर्षण प्राप्त गर्नुपर्छ ।’
उनले पुरानालाई सम्मान गरी नयाँलाई अवसर दिनुपर्नेमा जोड दिँदै भने, ‘पुराना पुस्ताका लागि संघर्षको सम्मान, योगदानको कदर, अनुभवको प्रयोग आवश्यक छ । जेन्जी पुस्ताका लागि डिजिटल पहुँच, कार्यक्रममा नवप्रवर्तन, नेतृत्वमा अवसर दिन जरुरी छ । भरोसाका जरा र भविष्यका पातहरू एकै वृक्षमा हुर्कन सक्ने ठाउँ कांग्रेस हो ।’
उनले कांग्रेस सत्तामा भएकाले जवाफदेहिता देखाएर जनताको मन जित्नुपर्नेमा समेत जोड दिएका छन् । शिवाकोटीले सम्बोधनका क्रममा भने, ‘आज कांग्रेस सरकारको नेतृत्वकर्ता हो । हामीसँग नीति बनाउने, कार्यान्वयन गर्ने र परिणाम दिने अवसर छ । हामीले अब भ्रष्टाचारमुक्त प्रशासन, सेवामुलक जनप्रतिनिधित्व, संघीयता र स्थानीय समन्वयमा प्रभावकारिता, र शान्ति, विकास र न्यायमा अग्रसरता देखाउनु पर्छ ।’
पार्टीको आसन्न महाधिवेशनबारे विचार राख्दै शिवाकोटीले भने, ‘१५औँ महाधिवेशन कांग्रेसको संगठन पुनःनिर्माण र भावी नेतृत्व निर्माणको अवसर हो । यस महाधिवेशनलाई सार्थक बनाउनुस् सक्रिय सदस्यता अभियानलाई पूर्ण पारदर्शिता र निष्पक्षतासाथ सम्पन्न गर्नुपर्छ, विवादरहित संगठन निर्माण गरेर तल्लो तहसम्म एकताको भावना ल्याउनुपर्छ, युवा, महिला, अल्पसंख्यक, दलित र जनजातिको सहभागिता सुनिश्चित गर्नुपर्छ। सक्रिय सदस्यता केवल नामको सूची होइन यो विचार र प्रतिबद्धताको अभिलेख हो ।’
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि पार्टीका अनुहार भएको उल्लेख गर्दै शिवाकोटीले भने, ‘हाम्रा निर्वाचित जनप्रतिनिधिहरू पार्टीका प्रतिविम्ब हुन् । उनीहरू जनतासँग आत्मीय संवाद कायम गर्न, पारदर्शी सेवा र समर्पणद्वारा पार्टीप्रतिको विश्वास गहिर्याउन, पार्टी र जनताको बीचमा उत्तरदायी पुल बन्न अग्रसर हुनुपर्छ ।’
भ्रातृ तथा शुभेच्छुक संस्थाहरु ऊर्जाका स्रोत भएको उल्लेख गर्दै उनले भने, ‘नेविसंघ जेन जी पुस्ताको नेतृत्व प्रयोगशाला, महिला संघ लैङ्गिक न्यायको प्रतिनिधि हुन भने तरुण दल, ट्रेड युनियन, प्रेस युनियन जस्ता संस्थाहरू अभियान, नीति र संगठनका संवाहक हुन् । यी संस्थालाई सक्रिय, जवाफदेही र प्रभावकारी बनाउने योजना अगाडि बढाउनु आवश्यक छ ।’
नेता शिवाकोटीले कांग्रेसको अबको बाटो संगठन, विचार र संवाद भएको बताउँदै भने, ‘अब हामीले विचारमा स्पष्टता, कार्यकर्तासँग नियमित संवाद, नीतिमा नवीनता र जनतासँगको सम्बन्धमा आत्मीयता बढाउनुपर्छ ।’
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend