Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा पुनस्र्थापना नभए निर्वाचनमा जान्छौँः यादव


    बुधबार, माघ ७ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरीं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना नगरे पार्टी जनअदालतमा जाने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी पुनस्र्थापनाको फैसला गर्ने विश्वास व्यक्त गर्दै नभए निर्वाचनका लागि तयार रहेको स्पष्ट गर्नुभयो ।

    कोभिड–१९ का कारण रु साढे ६ खर्बको नोक्सान बेहोरेको अर्थतन्त्रले चुनावका लागि थप रु २० अर्ब खर्च धान्न नसक्ने अवस्थामा निर्वाचनमा जाने निर्णय गलत भएको पूर्वउपप्रधानमन्त्री यादवले बताउनुभयो । सो अवसरमा जसपाका नेता राजेन्द्र महतोले नेपाल–भारत सीमा अवरुद्ध गरेर मात्र कोरोना नरोकिने बताउनुभयो ।

    विरोधसभामा प्रदेश नं २ का मन्त्री नवलकिशोर साह र शैलेन्द्रप्रसाद साह तथा जसपाका नेता रेणु यादव र मनीष सुमनले कम्युनिष्ट र कांग्रेसको प्रलोभनमा नफस्न सबैमा आग्रह गर्नुभयो । गाउँगाउँबाट नाराबाजी गर्दै आएको जुलुसले आमसभाअघि राजविराज नगर परिक्रमा गरेको थियो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार