Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट फुकुवा


    बुधबार, माघ ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने निर्णय गरेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सले बुधबार सन्दीपलाई फुकुवा गर्ने निर्णय गरेको हो ।

    सन्दिप दिल्ली क्यापिटल्समा आबद्ध भएपनि आईपीएलको पछिल्लो संस्करणमा कुनै खेल खेल्ने अवसर भने पाएका थिएनन् ।

    क्रिक इन्फोका अनुसार दिल्लीले सन्दीपसँगै अन्य दुई खेलाडी इंग्ल्यान्डका जेसन रोय र भारतकै मोहित शर्मालाई पनि फुकुवा गर्ने निर्णय गरेको छ । सन्दीप सन् २०१८ मा लिलामीबाट दिल्लीसँग आबद्ध भएका थिए ।

    त्यसक्रममा उनले त्यो सिजनको आईपीएलमा तीन खेलमा पाँच विकेट लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार