Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ


    बुधबार, जेष्ठ ७ २०८२
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन्। प्रहरीले जेठ ६ गते राति भोजपुर साल्पासिलिछो गाउँपालिका-३ घर भएका २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो ।

    उनलाई ठिमी नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    उनले आफ्नो मोबाइलको वालपेपरमा इन्स्पेक्टरको बर्दी लगाएको फोटो राखेका थिए । नक्कली प्रहरी बनेर मानिसहरूलाई अशान्ति फैलाउँदै हिँडेको गुनासो आएपछि ठिमी प्रहरी वृत्तले गिरीलाई पक्राउ गरेको थियो ।

    उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार