Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तरूण दलको अधिवेशनमा खुकुरी हान्ने ४ जनाविरुद्ध जाहेरी दर्ता


    बुधबार, जेष्ठ ७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी प्रहार घटनामा संलग्न ४ जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।

    गत जेठ ३ गते शनिबार बेसीसहरमा भएको अधिवेशनमा दुई समूहबीच खुकुरी हानाहान हुँदा ४ जना घाइते भएका थिए । उक्त घटनामा संलग्न ४ जनाविरुद्ध ज्यान मार्ने कसुरमा जाहेरी दर्ता भएको लमजुङ प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए ।

    जसमा मध्यनेपाल नगरपालिकाका किरण गुरुड, सोही ठाउँका धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङविरुद्ध जाहेरी दर्ता भएको हो ।

    यद्यपी उनीहरु हाालसम्म पक्राउ परेका छैनन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शंकर सापकोटा घाइते भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार