Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इटालीका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त


    मंगलबार, माघ ६ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रोम । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेले विश्वासको मत प्राप्त गरेका छन् । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उनले विश्वासको मत कायमै राखेका हुन् ।

    मतदानको नतिजाअनुसार तल्लो सदनका कुल सांसदमध्ये ३२१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए भने २५९ जनाको मत विपक्षमा परेको थियो ।

    संसद सचिवालयका अधिकारीहरुकाअनुसार मतदानका बेलामा २७ जना अनुपस्थित रहेका थिए । पूर्वप्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर उनीहरुको प्रस्ताव असफल भएको छ ।

    सरकारले बहुमत गुमाएकाले सरकार संकटमा रहेको विपक्षीहरुले अघिल्लो हप्ता दावी गरेका थिए । प्रधानमन्त्री कोन्टेले नयाँ गठबन्धन बनाएर विश्वासको मत बचाउन सफल भएका हुन् । पाँच वर्षे कार्यकाल रहेको संसदका लागि गत सन् २०१८ मा आम निर्वाचन भएको थियो । –सिन्ह्वा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार