Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • एटिएम मेसिन फोड्दै गरेका दाजुभाइ पक्राउ


    मंगलबार, माघ ६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले एटिएम मेसिन फोड्दै गरेका २ जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा बैतडी महादेवस्थान गाउँपालिका–५ स्थायी घर भएका हाल माछापोखरी बस्दै आएका कमल बहादुर धानुक र शुरेस धानुक रहेका छन् ।

    नागार्जुन नगरपालिका–३ ठूलो भर्याङमा रहेको एनआईसी एसिया बैंकको एटिएम मेसिन फोड्दै गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    सोमबार बिहान २ः१५ मा एटिएम मेसिन फोड्दै गर्दा नियमित गस्तीमा रहेका प्रहरीको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी प्रमेश विष्टले बताए ।

    प्रहरीले उनीहरुको साथबाट मेसिन फोर्न प्रयोग भएका पाइप रेन्ची एक थान, हतौडा एक थान बरामद गरेको छ । पक्राउ पर्ने दुई जना दाजुभाई रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार