Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरको चाँगाथलीमा दम्पति मृत फेला


    मंगलबार, माघ ६ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरमा एक दम्पति मृत फेला परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा बस्ने सप्तरी राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीय निर्मला पोखरेल भाडामा बस्दै आएको  फ्ल्याटभित्रै मृत फेला परेका हुन् ।

    दम्पति मृत भेटिएको कोठामा सल्फास नामक विषादीको बट्टा समेत भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बब्राचार्यले जानकारी दिइन् । घटनास्थलको प्रकृति हेर्दा आत्महत्या जस्तो दुखिए पनि प्रहरीले अन्य कोणबाट समेत अनुसन्धान गरिरहेको एसएसपी बज्राचार्यले जानकारी दिइन् ।

    मृत भेटिएका सागर भेटनरीको सामान सप्लाइको काम गर्दै आएका थिए । उनले गत फागुनमा निर्मलासँग विवाह गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार