Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु


    मंगलबार, माघ ६ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१० भृकुटीनगरका ७० बर्षीय पुरुषको सोमबार राति होम आइसोलेसनमै मृत्यु भएको हो ।

    पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका उनलाई अक्सिजनको लेवल कम भएपछि २७ गते भेरीको कोभिड आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।

    बिरामीको स्वास्थ्यमा सुधार भएपछि २९ गतदेखि पुनः होम आइसोलेसनमा बसेका उनको राति ९ः३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनी मधुमेह, थाइराइड, प्रेसर र मानसिक रोग पीडित थिए ।

    यस्तै होम आइसोलेसनमा बसेका नेपालगञ्जकै वडा नम्बर १ का ४९ बर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी बेहोस भएपछि बिहान ६ बजे भेरी अस्पताल लगिए लगत्तै ६ः१० मै मृत्यु भएको वलीले बताए । उनलाई पुस २८ गते कोरोना पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार