Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्याकुरेल बने शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशक


    मंगलबार, माघ ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा नवराज प्याकुरेल नियुक्त भएका छन् । शहरी विकास मन्त्रालयले प्राविधिक सहसचिव प्याकुरेललाई विभागको महानिर्देशको जिम्मेवारी दिएको हो ।

    नवनियुक्त महानिर्देशक प्याकुरेलले सोमवार शहरी विकास तथा भवन विभागमा पदभार ग्रहण गरेका छन् ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुख रहेका प्याकुरेललाई शहरी विकास मन्त्री प्रभु साहले विभागको महानिर्देशकको जिम्मेवारी दिनुभएको हो । यसअघिका महानिर्देशक मणिराम गेलाल सचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो ।

    शहरी विकास मन्त्रालय अन्र्तगतका निकाय मध्ये विभाग सवै भन्दा बढी कार्य जिम्मेवारी भएको र धेरै बजेट खर्च गर्ने निकाय हो ।

    नवनियुक्त महानिर्देशक प्याकुरेलले विभाग अन्र्तगत भइरहेका कामलाई अझै प्रभावकारी रुपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

    प्याकुरेलले हाल निर्माणाधीन अवस्थामा रहेका संघीय संसद भवन, मुख्यमन्त्री तथा प्रदेश प्रमुख निवास, प्रधानमन्त्री निवास, बञ्चरे डाँडास्थित ल्याडफिल साइड, गोदावरीको सभाहल  लगायत ठूला परियोजनालाई समयमै सम्पन्न गराउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने बताए ।

    नवनियुक्त महानिर्देशक प्याकुरेललाई बिल्डिङ एण्ड आर्किटेक समुहमा काबिल प्राविधिक सहसचिवका रुपमा हेर्ने गरिन्छ । यसअघि उपत्यका विकास प्राधिकारण र  विभिन्न आयोजना प्रमुखको जिम्मेवारी प्याकुरेलले सफलतापूर्वक निभाएका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार