काठमाडौं । भारतले सिमा बिवाद हल नभएसम्म नेपालसँग कुराकानी नहुने स्पष्ट पारेको छ । हालै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्रमन्त्रीलाई भेट्न अस्वीकार गरि सिमा बिवाद हल नभएसम्म नेपालसँगको सम्बन्ध सुधार नहुने स्पष्ट सन्देश दिएका छन् ।
नेपालले कालापानी, लिम्पीयाधुरा , लिपुलेख समेटेर नयाँ राजनितिक नक्सा जारी गरेपछि भारतसँगको सम्बन्ध टुटेको थियो । मन्त्री ज्ञवालीले काठमाडौं ओर्लिने बित्तिकै आफ्नो भारत भ्रमण सफल भएको भनेर दाबी गरेपनि यथार्थमा भ्रमण सफल हुन सकेन् । भारतसँग चिसोपना रहेको सिमा विवादसम्बन्धी मुद्दा ज्ञवालीले आफ्नो भ्रमणको क्रममा जोडदार रुपमा उठाउन सकेनन् । पछिल्लो समय नेपाल–भारत द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरुको आदानप्रदान भैरहेको छ । तर, भारतसँग विवाद रहेको सिमासम्बन्धी विषय समाधान गर्न भने भारत त्यति सकारात्मक देखिएको छैन् ।
भारतसँगको सिमा विवाद वार्ता तथा सम्वादमार्फत हल गर्ने दाबी गर्दै आएका मन्त्री ज्ञवालीले भने यसपटकको आफ्नो भ्रमणलाई त्यस सम्बन्धमा उपयोग गर्न सकेनन् । कुटनीतिक क्षेत्रका जानकारहरुले ज्ञवाली भारत भ्रमणको क्रममा फिक्का साबित भएको र वजनदार रुपमा प्रस्तुत हुन नसकेको टिप्पणी गर्न थालेका छन् ।
मन्त्री ज्ञवालीले सिमा विवादबारे समकक्षीसँग पनि राम्रो कुरा राख्न नसकेको आरोप छ । तीनदिने भारत भ्रमणमा रहेको परराष्ट्रमन्त्री ज्ञवाली र उनका समकक्षी जयशंकरबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको थियो । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैठौं बैठकमा सिमा विवादसम्बन्धी कुनै कुरा नगर्ने सहमति भएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend