Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओलीलाई योगेशको जवाफः केटो भन्दा दुःख छैन, तपाईको स्तर थाहाँ पाएँ खुसी लाग्यो


    आइतबार, माघ ४ २०७७
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ब्यक्तिगत रुपमा गालीगलौज गर्ने क्रमलाई तीव्रता दिएका छन् । शनिबार उनले नेकपाका युवानेता योगेश भट्टराईप्रति लक्षित गर्दै ‘ताप्लेजुङको केटो साह्रै बैगुनी पुक्क लात्ती हानेर भाग्यो’ भने ।

    प्रधानमन्त्री ओलीले पदीय गरिमालाई भुलेर होच्याएर अभिब्यक्ति दिए पनि नेता भट्टराईले भने सालिन जवाफ दिएका छन् । केटा र केटीहरुको रगत, पसिनामा र मेहनतको जगमा खडा भएको ब्यवस्थामै ओलीले प्रधानमन्त्रीको कुर्सी प्राप्त गरेको स्मरण उनले गराएका छन् ।

    भट्टराईले लेखेका छन्–‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो ।  
    केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार