Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बिघटनबिरुद्धको रिटमा आजबाट निरन्तर सुनुवाइ हुने


    आइतबार, माघ ४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दर्ता भएका १३ वटा रिटमा सर्वोच्च अदालतमाको संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ हुँदैछ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको प्रतिनिधिसभा बिघटन असंवैधानिक भएकाले पुनस्र्थापना गर्न माग गर्दै दायर रिटमा संवैधानिक इजलासले सुनुवाइ गर्दैआएको छ ।

    हप्तामा हुँदैआएको सुनुवाइ आजबाट निरन्तर हुने भएको छ । प्रधानन्ययाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन् । संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेको थियो । जबकि रिट निवेदककातर्फबाट बरिष्ठ अधिवक्ताहरुले बृहत् पूर्ण इजलास गठन गर्नुपर्ने माग गरिरहेका छन् ।

    रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा बहस भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार