Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ७५३ वटै स्थानीय तहमा कांग्रेसको बिरोध प्रदर्शन, देउवा काठमाडौंमा, पौडेल  चितवनमा


    शनिबार, माघ ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा शनिबार प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

    पूर्वनिर्धारित कार्यक्रम अनुसार नै कांग्रेसले हरेक स्थानीय तहमा प्रतिनिधिसभा बिघटनको बिरुद्ध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनकै क्रममा कांग्रेस सभापति शेर बहादुर देउवाले काठमाडौंका विभिन्न सभाहरुलाई सम्बोधन गर्ने बताइएको छ । महामन्त्री शंशाक कोइराला नवलपुरको देउचुली पुगेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको शारदानगरमा आयोजित सभालाई सम्बोधन गर्दैछन् । 

    काठमाढौंको बसन्तपुरमा आयोजित बिरोध प्रदर्शनपछिको कार्यक्रममा नेता प्रकाशमान सिंहले सम्बोधन गर्दैछन् । गगन थापले बुढानीलकन्ठ नगरपालिकाको हात्तीगौंडाको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

    यद्यपि कांग्रेस सभापति शेरबहादुर देउवाले सहरकेन्द्रित आन्दोलन गरी केपी ओली सरकारसँग भित्रभित्रै मिलेर उनलाई सहयोग गर्नका लागि स्थानीय तहतिर केन्द्रित भएको आरोप लागेको छ । देउवाले अध्यादेश  ल्याइसकेपछि संवैधानिक नियुक्तिहरुमा गरेको भागबण्डाले पनि उनी ओलीसँग मिलेको आरोपलाई पुष्टी गरेको छ । उनले ओलीको असंवैधानिक कदमका बिरुद्ध संयुक्त आन्दोलन गर्ने जसपा र नेकपा प्रचण्ड–माधव समूहको आग्रहलाई समेत बेवास्ता गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार