Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री र चार न्यायाधीशको भेटबारे संवैधानिक इजलासमा प्रश्न उठ्यो


    शुक्रबार, माघ २ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चार जना न्यायाधीशहरुबीच भेटवार्ता भएको भन्दै संवैधानिक इजलासमा प्रश्न उठेको छ ।

    संसद विघटनको मुद्धामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा रिट निवेदक एवम् विघटन भएको प्रतिनिधि सभाकी सदस्य शशी श्रेष्ठले मुद्दा चलिरहेको बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा रहेका न्यायाधीशहरुले भेट्नुले गम्भीर प्रश्न् उठेको बताइन् ।

    उनले मुद्दा चलिरहेको बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा रहेका न्यायाधीशहरुले भेट्नुले गम्भीर प्रश्न् उठेको बताइन् । उनले संवैधानिक इजलासमा भनिन्, ‘न्यायाधीशहरु सपना प्रधान मल्ल, दिपक कार्की, मिरा खड्का र हरिकृष्ण कार्कीले प्रधानमन्त्रीलाई भेट्नु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत छ।’

    यस्ता गतिविधिले जनतामा न्यायालयप्रति विश्वास टुट्ने श्रेष्ठको भनाइ थियो । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले यस्ता कुरा इजलासमा नराख्न आग्रह गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार