Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित


    बुधबार, बैशाख १७ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमति मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । सहमति अनुमोदनसँगै २९ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिएको छ ।

    बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको हो ।

    यस सहमतिसँगै शिक्षकहरू आन्दोलन टुंग्याएर भोलि बिहीबारदेखि विद्यालय फर्किनेछन् ।

    विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन गरिरहेका थिए ।

    सरकारले नयाँ विद्यालय शिक्षा ऐन २०८२ अअसार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका संसदीय दलका प्रमुख सचेतकहरुबाट बुधबार लिखित प्रतिबद्धता व्यक्त भएकाले तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी हुने विश्वास लिएको महासंघले जनाएको छ ।

    ‘मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरु समेत निर्णय भइआएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं ।

    आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ । साथै तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासङ्घ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान वाध्य हुनेछ ।’ शिक्षक महासंघको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाल शिक्षक महासंघ २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् ।

    शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमति

     

    शिक्षक महासंघको विज्ञप्ति

    शिक्षा समितिका सभापति र नेपाली कांग्रेस र एमालेका प्रमुख सचेतकको विज्ञप्ति

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार