Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फोहोर नगरी, केही नभत्काई आन्दोलन गरेकोमा मेयर साहले दिए शिक्षकहरुलाई धन्यवाद


    बुधबार, चैत्र २० २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षक महासंघले गरेको आजको बिरोध प्रदर्शनमा फोहोर नगरी, केही नभत्काई गरेकोमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले धन्यवाद दिएका छन् ।

    तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काइ गरिदिनुभयो, धन्यवाद । हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो । मेयर साहले सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको उल्लेख गर्दै शिक्षकहरुलाई लेखेका छन्–‘यही शिक्षा तपाईले आफ्ना विद्यार्थीहरूलाई पनि दिनुहोला ।’

    मेयर साहले सामाजिक संजालमा बुधबार साँझ लेखेका छन्–‘हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपार्इंहरू त झन् शिक्षक हुनुहुन्छ, तपार्इंंहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ यसमा ।

    कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिंहदरबार भन्ने त नारामात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार