प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षक महासंघको नेतृत्व । फोटो साभार प्रकाश सिलवालको फेसबुक
काठमाडौँ । शिक्षक महासंघले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएको छ । शुक्रबार बेलुका प्रधानमन्त्री केपी ओलीसँग भेटेपछि शिक्षक आन्दोलन रोकिने अपेक्षा गरिए पनि शिक्षक नेताहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले समग्र परिस्थितिको मूल्यांकन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
महासंघका नेता र प्रधानमन्त्री ओलीबीच शुक्रबार भएको छलफलमा चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रस्ट पार्ने काम भएको शिक्षक नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारले सम्बोधन गर्नसक्ने मागबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता देखाएपछि शुक्रबारै सभामुख देवराज घिमिरेसँग पनि शिक्षक महासंघको नेतृत्वले भेट गरेको थियो । सभामुखसँग ऐन छिटो जारी गर्नेबारेमा छलफल भएको बताइएको छ ।
शिक्षक महासंघका नेताहरुले प्रधानमन्त्री र सभामुखसँग भएका छलफलका बारेमा आज हुने विरोध प्रदर्शनमा जानकारी गराउने भएका छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend