प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षक महासंघको नेतृत्व । फोटो साभार प्रकाश सिलवालको फेसबुक
काठमाडौँ । शिक्षक महासंघले जारी प्रदर्शनलाई आज पनि निरन्तरता दिने भएको छ । शुक्रबार बेलुका प्रधानमन्त्री केपी ओलीसँग भेटेपछि शिक्षक आन्दोलन रोकिने अपेक्षा गरिए पनि शिक्षक नेताहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले समग्र परिस्थितिको मूल्यांकन गर्दा अझै आन्दोलनको मोर्चा डटिरहनुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।
महासंघका नेता र प्रधानमन्त्री ओलीबीच शुक्रबार भएको छलफलमा चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रस्ट पार्ने काम भएको शिक्षक नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारले सम्बोधन गर्नसक्ने मागबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता देखाएपछि शुक्रबारै सभामुख देवराज घिमिरेसँग पनि शिक्षक महासंघको नेतृत्वले भेट गरेको थियो । सभामुखसँग ऐन छिटो जारी गर्नेबारेमा छलफल भएको बताइएको छ ।
शिक्षक महासंघका नेताहरुले प्रधानमन्त्री र सभामुखसँग भएका छलफलका बारेमा आज हुने विरोध प्रदर्शनमा जानकारी गराउने भएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend