काठमाडौं । विगत २३ दिनदेखि शिक्षा ऐनको माग गर्दै राजधानी काठमाडौंमा आन्दोलनरत शिक्षकहरुलाई सर्वोच्च अदालतले तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले बिहीबार शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्किन अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश सुवेदीको इजलासले आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न भनेको छ ।
सर्वोच्चले शिक्षकका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने वातावरण मिलाउन सरकारका नाममा समेत आदेश दिएको छ ।
‘विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू’, सर्वोच्चको आदेशमा भनिएको छ ।
देशभरका सामुदायिक विद्यालयका शिक्षक चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गरिरहेका छन् । शिक्षक महासंघले शिक्षा ऐन जारी नभएसम्म आन्दोलनबाट पछाडि नहट््ने बताइसकेको छ । शिक्षक आन्दोलनकै कारण कक्षा १२ को परीक्षा समेत सारिएको छ । एसईईको उत्तरपुस्तिका परीक्षण समेत हुन सकेको छैन ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend