Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नेकपा फुटेको छैन : उपप्रम पोखरेल


    मंगलबार, पुष २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको बताउनुभएको छ ।

    नेकपा सर्लाहीले सदरमुकाम मलङ्गवामा आयोजना गरेको सभालाई सम्बोधन गर्न आउनुभएका उपप्रधानमन्त्री पोख्रेलले प्रेस सङ्गठन नेपाल सर्लाहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आफूहरुले वर्तमान राजनीतिक घटनाक्रम जनतालाई बुझाउन अभियान थालेको बताउनुभयो । 

    उहाँले तत्कालीन एमाले र माओवादीबीच एकताको शुरुआतको अवस्थाबाटै केही समस्या देखिएको र अहिले सो समस्या सतहीरुपमा मैदानमा देखा परेको हो भन्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताउँदै पार्टी कानूनीरुपमा नफुटेको र निर्वाचन भएरै छाड्ने बताउनुभयो ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार