Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आईजीपी थापाबिरुद्ध जथाभावी लेख्ने बिष्ट पक्राउ, अन्यमाथि पनि निगरानी


    बुधबार, चैत्र २७ २०८१
    3.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । शान्तिसुरक्षा कायम गर्ने अग्रमोर्चामा रहने नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाका बिरुद्ध जथाभावी लेख्ने कमल बिष्ट पक्राउ परेका छन् ।

    प्रहरी महानिरीक्षक(आईजीपी) थापाको तस्वीर राखी अमर्यादित भाषा प्रयोग गरी सामाजिक संजालमा पोष्ट गर्ने बिष्टलाई मंगलबारै प्रहरीले पक्राउ गरेको छ । बिष्टले सामाजिक संजाल फेसबुकमा आईजीपी थापाका बिरुद्ध अमर्यादित कुरा पोष्ट गरेका थिए । बिष्ट ललितपुरका हुन् ।

    त्यसैगरी, शान्तिसुरक्षा कायम गर्ने नेपाल प्रहरीका आईजीपी थापाका बिरुद्ध जथाभावी लेख्ने अन्य ब्यक्तिहरुको बारेमा पनि प्रहरीले निगरानी राखिरहेको छ । राजावादीहरुको आन्दोलनका क्रममा मंगलबार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अमर्यादित अभिब्यक्तिले पनि प्रहरी प्रमुखका बिरुद्ध जथाभावी लेख्नेहरु उत्साहित भएको देखिएको छ ।

    उक्त कार्यक्रममा लिङ्देनले आईजीपी थापालाई एमालेनिकट ‘युवासंघको सहअध्यक्ष’ भन्दै गैरजिम्मेवार अभिब्यक्ति दिएका थिए । संसदको जिम्मेवार पार्टीको अध्यक्षले नै यस्तो अभिब्यक्ति दिएर प्रहरीको मनोबल गिराउने काम गरेकाले उनलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग प्रहरी संगठनमा उठेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार