काठमाडौं । शान्तिसुरक्षा कायम गर्ने अग्रमोर्चामा रहने नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाका बिरुद्ध जथाभावी लेख्ने कमल बिष्ट पक्राउ परेका छन् ।
प्रहरी महानिरीक्षक(आईजीपी) थापाको तस्वीर राखी अमर्यादित भाषा प्रयोग गरी सामाजिक संजालमा पोष्ट गर्ने बिष्टलाई मंगलबारै प्रहरीले पक्राउ गरेको छ । बिष्टले सामाजिक संजाल फेसबुकमा आईजीपी थापाका बिरुद्ध अमर्यादित कुरा पोष्ट गरेका थिए । बिष्ट ललितपुरका हुन् ।
त्यसैगरी, शान्तिसुरक्षा कायम गर्ने नेपाल प्रहरीका आईजीपी थापाका बिरुद्ध जथाभावी लेख्ने अन्य ब्यक्तिहरुको बारेमा पनि प्रहरीले निगरानी राखिरहेको छ । राजावादीहरुको आन्दोलनका क्रममा मंगलबार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अमर्यादित अभिब्यक्तिले पनि प्रहरी प्रमुखका बिरुद्ध जथाभावी लेख्नेहरु उत्साहित भएको देखिएको छ ।
उक्त कार्यक्रममा लिङ्देनले आईजीपी थापालाई एमालेनिकट ‘युवासंघको सहअध्यक्ष’ भन्दै गैरजिम्मेवार अभिब्यक्ति दिएका थिए । संसदको जिम्मेवार पार्टीको अध्यक्षले नै यस्तो अभिब्यक्ति दिएर प्रहरीको मनोबल गिराउने काम गरेकाले उनलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग प्रहरी संगठनमा उठेको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend