काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा “४६औं पर्यटक प्रहरी दिवस, २०८१” मनाइएको छ ।
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । समारोहमा मन्त्री पाण्डेले पर्यटक प्रहरी कार्यमा बिशेष सहयोग पुर्याउनुहुने संघसंस्था एवम् व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरेका छन ।
सो अवसरमा मन्त्री पाण्डेले पर्यटकको सुरक्षाका साथसाथै पर्यटकको समस्या एवम् गुनासो सम्बोधनमा पर्यटक प्रहरीले उत्कृष्ट व्यवहारका साथ निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । पर्यटनको प्रवर्द्धन, विकास एवम् सम्बृद्धिमा सम्बद्ध निकायहरूले उत्कृष्ट व्यवहारका साथ आ–आफ्नो क्षमता तथा दक्षता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले उत्कृष्ट कार्य गर्ने पर्यटक प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गरेका थिए ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पर्यटकहरूको सुरक्षा र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुर्याउने उद्देश्य सहित स्थापित पर्यटक प्रहरीले उपलब्ध साधन स्रोतको उपयोग गर्दै निर्वाह गरेको कार्य सराहनीय रहेको उल्लेख गरे । पर्यटकीय सुरक्षा व्यवस्थापन कार्य प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने हुँदा यसका लागि सबै सरोकारवाला निकायको समन्वयात्मक भूमिका अपरिहार्य रहेको समेत उनको जोड रहेको छ ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल सुन्दर मात्र हैन, सुरक्षति पनि छ भनेर विश्वमाझ चिनाउन सके हाम्रो पर्यटन क्षेत्रमा थप आकर्षण पैदा हुने उल्लेख गर्दै पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखि समग्र पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनमा नेपाल प्रहरी सदैव कटिवद्ध भई सेवा प्रवाह गर्ने बताए ।
पर्यटक प्रहरीद्वारा सम्पादित कामकारवाही एवम् प्रदर्शित व्यवहारको प्रभाव राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत पर्ने हुँदा यसमा आवद्ध प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको स्तर अझ बढाउँदै उच्च व्यावसायिकता र निष्ठाका साथ कार्य गर्न उनले निर्देशन दिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव बिनोदप्रकाश सिंह, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी र
कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयबाट सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend